म्यानचेष्टर डर्बीमा सिटीको जित (भिडियोसहित)

एजेन्सी । इङलिस फुटबल लिग कपको दोस्रो सेमिफाइनल भिडन्तमा साविक विजेता म्यानचेष्टर सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा सिटीले रेड डेविल्स विरुद्ध २–० को स्पष्ट जित निकाल्यो । लगातार चौथो लिग कपको उपाधि जित्ने अभियानमा रहेको सिटीका लागि ५०औं मिनटमा जोन स्टोन्सले पहिलो गोल गरे । त्यस्तै ८३औं मिनटमा फर्नान्डिन्होले दोस्रो गोल गर्दे पाहुना टोलीको जित पक्का गरे ।

सिटीले फाइनलमा अब २५ अप्रिलका दिन टोटेनह्याम हटसरपरसँग वेम्बली स्टेडियममा खेल्नेछ । सिटीले यसबर्ष पनि लिग उपाधि जिते उसले लिभरपुलको लगातार चार बर्ष लिग कपको उपाधि जित्ने किर्तिमानको बराबरी समेत गर्न सफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...