लिग कपको फाइनलमा टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । लण्डन क्लब टोटेनह्याम हटसपर प्रतिष्ठित इङलिस फुटबल लिग कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती सम्पन्न पहिलो सेमिफाइनलतर्फ टोटेनह्यामले ब्रेन्टफोर्डमाथि २–० को जित निकाल्दै १३ बर्षपछि उपाधि नजिक पुगेको हो ।

स्मरण रहोस, टोटेनह्यामले अन्तिमपटक सन् २००७–०८ को सिजनमा लिग कपको उपाधि जितेको थियो । त्यतिबेला टोटेनह्यामले फाइनलमा शहरी प्रतिद्वन्द्वी चेल्सीलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।

मंगलबार टोटेनह्याम स्टेडियममा भएको खेलको १२औं मिनटमै मुसा सिसोकोको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । दोस्रो हाफको ७०औं मिनटमा हियुङ मिन सोनले त्यो अग्रता दोब्बर पार्दै टोलीको जित पक्का गरे ।

उता खेलको अन्तिमतिर ८४औं मिनटमा ब्रेन्टफोर्डका जोश डासिल्वाले विपक्षी खेलाडीलाई गम्भिर फल गरेपछि सोझै रातो खाँदै मैदान बाहिरिएका थिए । ब्रेन्टफोर्ड खेलाके अन्तिमतिर दश खेलाडीमा सिमित भए तापनि टोटेनह्यामले त्यसपछि थप गोल गर्न सकेन ।

टोटेनह्यामले अब फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल २५ अप्रिलका दिन वेम्बली स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...