दश खेलाडीमा सिमित मिलान सफल (भिडियोसहित)

एजेन्सी । खेलको पहिलो हाफ मै दश खेलाडीमा सिमित भएर पनि इटालियन सिरि ए तर्फ एसी मिलानले महत्वपूर्ण जित निकाल्दै लिगतालिकामा आफ्नो शिर्षतालाई फेरि कायम राख्न सफल भएको छ ।

आइतबार राती बेनिवेन्टोलाई उसकै घरमा २–० ले हराएको मिलानले लिगतालिकामा शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई पछि पार्दै फेरि शिर्ष स्थान कब्जा गर्न सफल भएको हो ।

मिलानले खेलको १५औं मिनटमा फ्रान्क किसीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । लगतै ३३औं मिनटमा सान्ड्रो टोनालीले विपक्षी खेलाडी विरुद्ध गम्भिर फल गर्दा सोझै रातो कार्ड खान पुगेका थिए ।

पहिलो हाफ मै दश खेलाडीमा सिमित भएको मिलानले हार भने मोनन् । उता बेनिवेन्टोले पनि त्यसको फाईदा उठाउन सकेन । बरु उल्टै दोस्रो खान पुग्यो । दोस्रो हाफ शुरु भएको चौथो मिनटमा राफेल लिआओले मिलानका लागि दोस्रो गोल गर्दै पाहुना टोलीको सहज जित सुनिश्चित गरे ।

यो जितपछि १५ खेलबाट ३७ अंक जोडेको मिलान फेरि शिर्ष स्थानमै उक्लिएको छ । उता आइतबार नै क्रोटोनीलाई ६–२ ले हराएको इन्टर भने ३६ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै मिलानसँग पराजित भएको बेनिवेन्टो भने १८ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...