युभेन्टसको जितमा रोनाल्डोको ‘डबल गोल’ (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा साविक विजेता युभेन्टसले इटालियन सिरि ए तर्फ आइतबार राती उडिनेसेलाई ४–१ ले हराएको छ ।

युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा रोनाल्डोले ३१औं मिनटमा गोलको खाता खोलेका थिए । पहिलो हाफसम्म १–० को अग्रता कायम राखेको युभेन्टसले दोस्रो हाफमा भने आक्रमक भईीदयो ।

मध्यान्तरपछिको चौथो मिनटमै फेडरिक चिसाले युभेन्टसका लागि दोस्रो गोल गरे । त्यस्तै ७०औं मिनटमा रोनाल्डोले नै घरेलु टोलीको त्यो अग्रता तेब्बर पुर्याए । उता ९०औं मिनटमा उडिनेसेका लागि मार्विन जिगेलारले एक गोल फर्काए तापनि त्यो गोलको खुशी धेरैबेर रहेन ।

पहिलो गोल खाएको दुई मिनट लगतै पाउलो डायबलाले युभेन्टसका लागि इन्जुरी समयमा चौथो गोल गर्दै घरेलु टोलीको प्रभावशाली जित सुनिश्चित गरे । यो जितसँगै १४ खेलबाट २७ अंक जोडेको युभेन्टस पाँचौं स्थानमा उक्लिएको छ । उता पराजित उडिनेसे भने १५ अंकका साथ १३औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...