अर्जेन्टिनी सुपरस्टार मेसी ‘फिट’

एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी मैदानमा उत्रिन फिट भएका छन् । बार्सिलोनाका म्यानेजर रोनाल्ड कोमनले पनि मेसी फिट रहेको र यो खबरले आफूहरु पनि निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

स्मरण रहोस, ला लिगातर्फ मंगलबार बार्सिलोनाले आइबरसँग १–१ को बराबरी खेल्दा टोलीमा मेसीको अभाव खट्किएको स्पष्ट देखिन्थ्यो । सो खेलमा मार्टिन ब्राथवेटले पेनाल्टी मिस गर्दा बार्साले जितविहीन परिस्थतिको सामना गर्नुपरेको थियो ।

सो खेलमा मेसी एंकल इन्जुरीका कारण मैदान बाहिर बसेर टोलीको खेल हेरेका थिए । यद्यपि क्लबले उनी फिट भएको जनाएको छ । मेसीले बार्सिलोना कै अन्य खेलाडीहरुसँग अभ्यास गरेको तस्विरहरु पनि सार्वजनिक भएको थियो ।

बार्सिलोनाका बोस कोमनका अनुसार मेसी शतप्रतिशत फिट छन् । साथै मेसीले आइतबार हुने हुस्का विरुद्धको खेलमा पनि सहभागिता जनाउने लगभग पक्का पक्की समेत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...