आर्सनलको एकतर्फी जित (भिडियोसहित)

एजेन्सी । जितको लयमा फर्किएको आर्सनलले इङलिस प्रिमियर लिगमा शनिबार राती एकतर्फी र शानदार जित हात पारेको छ । मंगलबार मात्र ब्राईटनलाई हराएको गनर्सले शनिबार वेस्ट ब्रोममाथि उसकै घरमा ४–० को एकतर्फी जित निकाल्यो ।

खेलको २३औं मिनटमै काइरन टिर्नीको गोलबाट आर्सनलले खेलमा अग्रता लिएको थियो । विपक्षी माथि पूर्ण हावी देखिएको गनर्सका लागि २८औं मिनटमा बुकायो साकाले त्यो अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म २–० को अग्रता कायम राखेको आर्सनलका लागि दोस्रो हाफमा अलेक्जेन्डर लाकाजेट्टीले लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । लाकाजेट्टीले ६० र ६४औं मिनटमा लगातार दुई गोल गरे र टोलीलाई ४–० को प्रभावशाली जित दिलाए ।

स्मरण रहोस, प्रिमियर लिगमा आर्सनलको यो लगातार तेस्रो जित थियो । यसअघि मिकेल आर्टेटाको टोलीले सात खेलमा जितविहीनको यात्रालाई स्वीकार गर्नु परेको थियो ।

यो जितसँगै आर्सनल १७ खेलबाट २३ अंकका साथ ११औं स्थानमा उक्लिएको छ । उता पराजित वेस्ट ब्रोम भने ८ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा रहेर संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...