पिएसजीका ‘नयाँ बोस’ पोचेटिनो

एजेन्सी । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चर्चित अर्जेन्टिनी म्यानेजर मौरिसियो पोचेटिनोलाई शनिबार नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

स्मरण रहोस, ४८ बर्षिय पोचेटिनोले सन् २००१ देखि २००३ सम्म पिएसजी कै लागि व्यवसायीक रुपमा फुटबल समेत खेलेका थिए । यसअघि इङलिस क्लब साउथह्याम्पटन र टोटेनह्याम हटसपरको जिम्मेवारी समेत सम्हालेका पोचेटिनो पछिल्लो समय फुर्सदमा थिए ।

खासगरी लण्डन क्लब टोटेनह्याममा सफलतम पाँच बर्ष बिताएका पोचेटिनो गत नोभेम्बरमा मात्र बर्खास्तीमा परेका थिए । रिपोर्टअनुसार पोचेटिनोले पिएसजीसँग सन् २०२२ को जुन महिनासम्मका लागि सम्झौता गरेका छन् । यद्यपि त्यो सम्झौता पछि थप गर्न मिल्ने समेत बताइएको छ ।

पिएसजीले मंगलबार मात्र आफ्नो पूर्व प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो । पोचेटिनोले पिएसजीको जिम्मेवारी सम्हाले लगतै उनको मुख्य चुनौति च्याम्पियन्स लिग हुनेछ ।

च्याम्पियन्स लिगतर्फ पिएसजीले नकआउट चरणमा आउँदो फेब्रुृअरी र मार्च महिनामा स्पेनिस जायन्ट बार्सिलोनासँग खेल्ने तय भइसकेको छ । जुन पोचेटिनोका लागि अग्नीपरीषा पनि हुने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...