इभर्टनले घरमा खाएको धक्का (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा शुक्रबार राती इभर्टनले आफ्नै घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडसँग ०–१ को साँघुरो हार बेहोरेको छ । गुडिसन पार्कमा भएको खेल रोमाञ्चक गोलरहित बराबरीतर्फ लम्किरहेको थियो ।

तर ८६औं मिनटमा टोमस सुसेकले घरेलु टोलीलाई निराश बनाउँदै लण्डन क्लबका लागि एक मात्र निर्णायक गोल गरे । र टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन पनि सफल भए ।

यो जितसँगै वेस्ट ह्याम १७ खेलबाट २६ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ । उता पराजित इभर्टन भने १६ खेलबाट २९ अंक जोड्दै लिगतालिकाको चौथो स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...