म्यानचेष्टर युनाइटेडको लिगलिडरसँग अंक बराबरी

एजेन्सी । इङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले बर्ष २०२१ को पहिलो खेलमै जित निकाल्दै लिगतालिकामा लिगलिडर लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धात्मक खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई २–१ ले हरायो । खेलको ४०औं मिनटमा एन्थोनी मार्शलको गोलबाट अग्रता बनाएको रेड डेविल्सले त्यसलाई पहिलो हाफसम्म मात्र कायम राख्यो ।

उता ५८औं मिनटमा बट्रान्ड ट्राओरेले भिल्लाका लागि बराबरी गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए । तर पाहुना टोलीले त्यो बराबरी गोलको खुशी पनि धेरैबेर मनाउन सकेन ।

भिल्लाका डगलस लुइजले पाउल पोग्बालाई फल गरेपछि म्यानचेष्टरले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ६१औं मिनटमा ब्रुनो फर्नान्डेसले गर्दै घरेलु टोलीलालाई महत्वपूर्ण जित दिलाए ।

फर्नान्डेसको यो सिजनको ११औं गोल र पेनाल्टीबाट पाँचौ गोल समेत थियो । यो जितसँगै १६ खेलबाट ३३ अंक जोडेको म्यानचेष्टर लिगतालिकाको दोस्रो स्थानमा छ ।

यद्यपि लिगलिडर लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । उता पराजित भिल्ला भने १५ खेलबाट २६ अंकका साथ छैटौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...