कावानीलाई प्रतिवन्ध र जरिवाना

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडका स्टार स्ट्राइकर इडिन्सन कावानी तीन म्याचको प्रतिवन्धमा परेका छन् । साथै उनलाई एक लाख पाउण्ड जरिवाना समेत गरिएको छ ।

सामाजिक सञ्जालमा नश्लभेदी टिप्पणी गरेको आरोपमा ३३ बर्षिय कावानीलाई फुटबल एसोसिएशन (एफए) ले दोषी ठहराएको थियो । स्मरण रहोस, कावानीले गत डिसेम्बर २९ तारीखका दिन साउथह्याम्पटन विरुद्ध ३–२ को जित निकाल्दा टोलीका लागि निर्णायक दुई गोल गरेका थिए ।

त्यो जितपछि कावानीले आफ्नो सामाजिक सञ्जालमा एउटा स्टेटस लेखेका थिए । जुन स्टेटस केही अर्थमा नश्लभेदी रहेको बताइएको थियो । यद्यपि कावानीले त्यो स्टेटस पछि हटाए तापनि त्यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको ध्यान तानिसकेको थियो ।

यो प्रतिवन्धसँगै कावानीले नयाँ बर्षको शुरुवात मै प्रिमियर लिगतर्फ एस्टन भिल्ला विरुद्धको खेल गुमाउने भएका छन् । त्यस्तै लिग कप सेमिफाइनलतर्फ ६ जनवरीका दिन म्यानचेष्टर सिटी विरुद्धको खेल पनि कावानीले गुमाउने पक्का भएको छ । साथै ९ जनवरीमा वाटफोर्ड विरुद्ध एफए कपको तेस्रो चरणको खेल पनि उनले गुमाउने बताइएकोछ ।


प्रतिक्रिया दिनुहोस

Loading...