बर्षको अन्तिम खेलमा रोकियो लिभरपुल (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ बर्ष २०२० को आफ्नो अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल बराबरीमा रोकिएको छ । बुधबार राती भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडसँग उसकै घरमा गोलरहित बराबरी खेल्दै अंक बाँड्न पुगेको हो ।

सेन्ट जेम्स पार्कमा भएको सो बराबरीसँगै लिभरपुलले दोस्रो स्थानको टोली म्यानचेष्टर युनाइटेडसँग पाँच अंकको स्पष्ट अग्रता बनाउनबाट पनि चुकेको छ । लगातार दुई बराबरीसँगै १६ खेलबाट ३३ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । तर दोस्रो स्थानको टोली म्यानचेष्टर युनाइटेड भन्दा ३ अंकले मात्र अगाडी छ ।

स्मरण रहोस, लिभरपुलले गत आइतबार मात्र कमजोर आँकिएको वेस्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अ्रंक बाँडेको थियो । उता बुधबार लिभरपुललाई बराबरीमा रोकेको न्युक्यासल भने १५ खेलबाट १९ अंकका साथ लिगतालिकाको १४औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...