प्रिमियर लिगः लण्डन डर्बी पनि स्थगित

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ बुधबार हुने भनिएको टोटेनह्याम हटसपर र फुलह्यामबीचको लण्डन डर्बी भिडन्त पनि कोभिड–१९ का कारण स्थगित गरिएको छ । सो खेल टोटेनह्यामको घरेलु मैदानमा हुने तय भएको थियो ।

तर, फुलह्याम क्लबले कोरोना संक्रमित भेटिएको बताएपछि खेल स्थगित गरिएको हो । रिपोर्टअनुसार कोभिड–१९ को रिपोर्ट आएसँगै फुलह्यामले नै प्रिमियर लिग समक्ष बुधबार खेल स्थगित गर्न आग्रह गरेको थियो ।

जुन आग्रहलाई प्रिमियर लिगले स्वीकार गर्दै खेल शुरु हुनु तीन घण्टा अघि नै खेल रद्द गरिएको थियो । स्मरण रहोस, सोमबार मात्र म्यानचेष्टर सिटी र इभर्टनबीचको खेल पनि कोभिड–१९ कै कारण चार घण्टा अघि स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...