मेसी बिनाको बार्सा रोेकियो (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ चोटिल स्टार लियोनल मेसी बिनाको बार्सिलोनाले लिगमा संघर्षरत टोली आइबरसँग मंगलबार राती १–१ को बराबरी खेलेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा आइबरले नै सनसनीपुर्ण अग्रता बनाएको थियो । ५७औं मिनटमा किकेले गोल गर्दा पाहुना टोलीले बार्सा विरुद्ध १–० को अग्रता बनाउन सफल भएको थियो ।

त्यसको दश मिनट लगतै उसमाने डेम्बेलेले बार्सिलोनाका लागि बराबरी गोल फर्काउँदै टोलीको हार टारेका थिए । यद्यपि खेलमा बार्सिलोनाले जित्ने अवसर पनि थियो । तर मार्टिन ब्राथवेटले पाएको पेनाल्टी चुकाउँदा बार्सा अँक बाँड्न बाध्य भयो । उता एंकल इन्जुरीका कारण मैदान बाहिर रहेका अर्जेन्टिनी स्टार मेसीले भने स्ट्याण्डमा रहेर टिमको खेल हेरेका थिए ।

यो नतिजापछि १५ खेलबाट २५ अंक जोडेको बार्सिलोना लिगतालिकाको छैटौं स्थानमा झरेको छ । उता एक खेल बढी खेलेको आइबर भने १६ अंकका साथ १५औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...