आर्सनलको लगातार दोस्रो जित (भिडियोसहित)

एजेन्सी । यस सिजन निरन्तर खराब लयबाट गुज्रिएको आर्सनलले मंगलबार राती प्रिमियर लिगमा सेप्टेम्बर पछि पहिलोपटक लगातार दोस्रो जित दर्ता गरेको छ ।

यसअघि १४ खेलबाट रेलिगेशन क्षेत्रभन्दा चार स्थान मात्र माथि रहेको आर्सनलले मंगलबार ब्राईटनलाई १–० ले हराएपछि लिगतालिकाको १३औं स्थानमा उक्लिएको छ । स्मरण रहोस, आर्सनलले शनिबार मात्र शहरी प्रतिद्वन्द्वी चेल्सीलाई ३–१ ले हराएको थियो ।

ब्राईटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि ६६औं मिनटमा अलेक्जेन्डर लाकाजेट्टीले गरेको एक मात्र गोल गनर्सलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितपछि १६ खेलबाट २० अंक जोडेको आर्सनल लिगतालिकाको १३औं स्थानमा छ र लिगलिडर लिभरपुलभन्दा अझै १२ अंकले पछाडी छ । उता पराजित ब्राईटन भने १३ अंकका साथ रेलिगेशन क्षेत्रको टोली फुलह्याम भन्दा एक स्थानमाथि १७औं स्थानमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...