दोस्रो स्थानमा उक्लियो म्यानचेष्टर (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा मंगलबार राती वुल्भरह्याम्पटन विरुद्ध १–० को कठिन जित निकाल्दै म्यानचेष्टर युनाइटेड लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर लिभरपुलसँगको दुरी दुई अंकमा छोट्याएको छ ।

म्यानचेष्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेल निश्चित रुपमा गोलरहित बराबरीतर्फ लम्किरहेको थियो । तर इन्जुरी समयमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रेशफोर्डले बक्स नजिकबाट एक मात्र निर्णायक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

यो जितपछि १५ खेलबाट ३० अंक जोडेको म्यानचेष्टर लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र उता ३२ अंकका साथ लिभरपुल शिर्ष स्थानमा छ । उता पराजित वुल्भ्स भने १६ खेलबाट २१ अंकका साथ लिगतालिकाको १२औं स्थानमा खस्किएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...