चेल्सीभन्दा अझै माथि भिल्ला (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सोमबार राती सम्पन्न खेलमा चेल्सीले एस्टन भिल्लासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीले गोलको शुरुवाती अग्रता लिएर पनि त्यसलाई गुमाउन पुग्यो ।

बेन चिलवेलको पासमा ३४औं मिनटमा ओलिभर जिरुडले घरेलु टोलीका लागि शुरुवाती गोल गरेका थिए । पहिलो हाफसम्म चेल्सीले त्यो अग्रता कायम पनि राखेको थियो । तर दोस्रो हाफको ५०औं मिनटमा अनवर एल गाजीले भिल्लाका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि १६ खेलबाट २६ अंक जोडेको चेल्सी छैटौं स्थानमा छ । उता दुई खेल कम खेलेको भिल्लाको पनि समान २६ अंक छ र चेल्सीलाई पछि पार्दै लिगतालिकाको पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...