कोस्टाले एटलेटिकोसँग सम्झौता रद्द गर्ने पक्का

एजेन्सी । एटलेटिको मेड्रिडका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले क्लबसँगको आफ्नो सम्झौता रद्द गर्न माग गरेका छन् । रिपोर्टअनुसार अनुसार ३२ बर्षिय कोस्टाले एटलेटिकोसँग जनवरी ट्रान्सफर विन्डो खुल्नु अघि नै क्लब छाड्न चाहेको कुरा बताएका थिए ।

हाल एटलेटिकोमा दोसे स्पेलमा खेलिरहेका कोस्टाले मेड्रिडमा खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । त्यसमाथि उनलाई चोटले पनि सताउन थालेपछि उनी क्लब छाड्ने मनस्थितिमा पुगेको बताईन्छ । स्मरण रहोस, एटलेटिकोसँग कोस्टाको सम्झौता आगामी समर ट्रान्सफरका बेला सकिंदैछ ।

true means use the browser’s lazy-loading mechanism by setting the loading=”lazy” iframe attribute. The effect is that the browser does not render the plugin if it’s not close to the viewport and might never be seen. Can be one of true or false (default).

CONFIRMED: Diego Costa has asked Atletico Madrid to terminate his contract in January.

Costa’s deal expires in the…

Posted by Goal on Monday, December 28, 2020

सन् २०१८ मा चेल्सीबाट फेरि एटलेटिकोमा फर्किएका कोस्टाले यस सिजन स्पेनिस ला लिगामा केवल सात खेलहरु मात्र खेलेका छन् भने दुई गोल मात्र गर्न सफल भएका छन् ।

रिपोर्टअनुसार एटलेटिकोले कोस्टालाई क्लबको अभ्यास सत्रमा सामेल नहुने गरि आराम गर्न अनुमति दिएको छ । यद्यपि स्रोतका अनुसार क्लबको यो निर्णय कोस्टालाई आउँदो जनवरी ट्रान्सफरमा क्लब छाड्नका लागि दिइएको अनुमतिकै अंश मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

Loading...