साल्केद्वारा सिजनको चौथो प्रशिक्षक नियुक्त

एजेन्सी । यस सिजन निकै खराब लयमा रहेको जर्मन क्लब साल्केले सिजनको चौथो प्रशिक्षकका रुपमा क्रिष्टियन ग्रसलाई नियुक्त गरेको छ । गत फेब्रुअरीमा मात्र साउदी अरेबियन क्लब अल अहलीले छाडेका ६६ बर्षिय ग्रसले अब बुण्डेसलिगामा साल्केको नेतृत्व गर्नेछन् ।

स्मरण रहोस, ग्रसले यसअघि सन् १९९७–९८ मा इङलिस क्लब टोटेनह्याम हटसपरको जिम्मेवारी पनि सम्हालेका थिए । त्यतिबेला उनले लण्डन क्लबको जिम्मेवारी केवल १० महिना मात्र सम्हाल्न पाएका थिए ।

उता साल्केका लागि भने ग्रस यस सिजनको चौथो प्रशिक्षक हुन् । यसअघि यस सिजन जर्मन क्लबको जिम्मेवारी डेविड वेग्नर, मेनुअल बम र हुब स्टिभन्सले सम्हालिसकेका छन् ।

यस सिजन बुण्डेसलिगामा १३ खेलको समाप्तीसम्म मात्र ४ अंक जोडेको साल्के लिगतालिकाको पुछारमा छ । साल्केले खेलेको १३ मध्ये ९ खेलमा हार र ४ मा बराबरी गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...