‘मोलिनक्स’मा टोटेनह्याम पनि रोकियो (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार राती लिगलिडर लिभरपुलले पुछारतिरको वेस्ट ब्रोमसँग बराबरी खेलेकै दिन टोटेनह्याम हट्सपरले पनि वुल्भरह्याम्पटनसँग निराशाजनक बराबरी खेल्न बाध्य भएको छ ।

वुल्भ्सको घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा टोटेनह्यामले पहिलो मिनट मै लिएको गोलको अग्रता खेलको अन्तिम केही मिनट जोगाउन सकेन ।

खेल शुरु भएको पहिलो मिनट मै बेन डेविसको पासमा टांगाई डोम्बेलेले टोटेनह्यामलाई खेलमा अग्रता दिलाएका थिए । तर वुल्भ्सले अन्तिमसम्म हार मानेन । उता खेलको ८६औं मिनटमा पेड्रो नेटोको पासमा रोमेस सैसले हेडद्वा।ा वुल्भ्सका लागि आकर्षक गोल गर्दै घरेलु टोलीको सम्भावित हार टार्नुका साथै टोटेनह्यामसँग महत्वपूर्ण एक अंक खोस्न पनि सफल भएका थिए ।

यो नतिजाका बावजुद टोटेनह्याम १५ खेलबाट २६ अंकका साथ लिगतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उता वुल्भ्स भने २१ अंकका साथ ११औं स्थान मै यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...