घरमै रोकियो लिगलिडर लिभरपुल (भिडियोसहित)

एजेन्सी । खेलमा शुरुवातबाटै आफ्नो पकड बनाएर पनि इङलिस प्रिमियर लिगमा आइतबार राती लिगलिडर लिभरपुलले रेलिगेशन क्षेत्रको टोली वेस्ट ब्रोमसँग बराबरी खेल्न बाध्य भएको छ ।

घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको १२औं मिनटमै साडियो मानेले लिभरपुललाई गोल गर्दै अग्रता दिलाएका थिए । जोएल मेटिपकोे लामो पासलाई मानेले सदुपयोग गर्दै गोलमा परिणत गर्न सफल भएका थिए ।

खेलमा विपक्षी विरुद्ध निरन्तर हावी देखिएको लिभरपुलले थप गोल गर्न भने सकेन । यद्यपि दोस्रो हाफमा वेस्ट ब्रोमले सुधारिएको प्रदर्शन गर्दै खेलको अन्तिमतिर ८३औं मिनटमा सेमि अजयीको गोलबाट खेल १–१ को बराबरीमा ल्याएको थियो ।

यो नतिजासँगै १५ खेलबाट ३२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ । तर दोस्रो स्थानमा रहेको इभर्टनसँगको दुरी पाँच अंकमा बढाउनबाट भने चुकेको छ । उता महत्वपूर्ण बराबरी खेलेर पनि वेस्ट ब्रोम ८ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...