घरेलु मैदानमा लिडसको तेस्रो जित

एजेन्सी । इङलिस प्रिमियर लिगको नवआगन्तुक टोली लिडस युनाइटेडले आइतबार सिजनको तेस्रो घरेलु जित हात पारेको छ । घरेलु मैदान इलान्ड रोडमा सम्पन्न खेलमा लिडसले बर्नलीलाई १–० को झिनो अन्तरले हरायो ।

खेल शुरु भएको पाँचौ मिनटमै पेट्रिक बामफोर्डले पेनाल्टीबाट गरेको एक मात्र गोल लिडसलाई तीन अंक दिलाउन निर्णायक गोल बन्यो । सो गोलका लागि बामफोर्डलाई बक्स भित्र टम पपले लडाएपछि लिडसले पेनाल्टीको अवसर पाएको थियो ।

यो जितसँगै लिडस १५ खेलबाट २० अंकका साथ लिगतालिकाको ११औं स्थानमा छ । उता एक खेल कम खेलेको पराजित बर्नली १३ अंकका साथ १६औं स्थानमा छ । र, रेलिगेशन क्षेत्रको टोली फुलह्याम भन्दा २ अंकले मात्र अगाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...