कठिनका जितका साथ दोस्रो स्थानमा पुग्यो इभर्टन

एजेन्सी । प्रिमियर लिगतर्फ शनिबार नै भएको अर्को खेलमा कठिन जित निकाल्दै इभर्टन लिगतालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । शेफिल्ड युनाइटेडलाई उसकै घरमा १–० ले हराएको इभर्टनले लिगतालिकामा लिगलिडर लिभरपुललाई चुनौति पनि दिएको छ ।

ब्रेमल लेनमा भएको खेलको ८०औं मिनटमा जिल्फी सिगुर्डसनले गरेको एक मात्र गोल इभर्टनलाई महत्वपूर्ण तीन अंक दिलाउन अहम साबित भयो । यो जितसँगै १५ खेलबाट २९ अंक जोडेको इभर्टनले लेस्टर र म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो ।

एक खेल कम खेलेको लिभरपुल भने ३१ अंकका साथ शिर्ष स्थानमै यथावत छ । उता इभर्टनसँग निराशाजनक हार बेहोर्न पुगेको शेफिल्ड भने २ अंकका साथ रेलिगेशन क्षेत्रको पुछारमा छ । र त्यहाँबाट निस्किन अझै पनि संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...