पाँचौं स्थानमा उक्लियो सिटी (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगमा शनिबार राती नै भएको अर्को खेलमा पूर्व च्याम्पियन म्यानचेष्टर सिटीले सहज जित निकाल्दै लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडमाथि २–० को जित निकाल्यो । पहिलो हाफको १४औं मिनटमा इल्काय गुन्डोगन र दोस्रो हाफको ५५औं मिनटमा फेरान टोरेसले गरेको १–१ गोल घरेलु टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

यो जितपछि सिटी १४ खेलबाट २६ अंकका साथ लिगतालिकाको पाँचों स्थानमा उक्लिएको छ । र लिगलिडर लिभरपुलभन्दा अझै पाँच अंकले पछाडी छ । त्यस्तै तेस्रो स्थानमा रहेको लेस्टर र चौथो स्थानको म्यानचेष्टर युनाइटेडको क्रमशः २८ र २७ अंक छ । उता सिटीसँग पराजित न्युक्यासल भने १८ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...