लेस्टरसँग रोकियो म्यानचेष्टर (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ म्यानचेष्टर युनाइटेडले दुईपटक अग्रता बनाएर पनि लेस्टर सिटीसँग उसकै घरमा २–२ को बराबरीमा रोकिएको छ । किंग पावर स्टेडियममा भएको खेलको २३औं मिनटमै मार्कस रेशफोर्डको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो ।

तर ३१औं मिनटमा हार्वी बार्नेसले लेस्टरका लागि बराबरी गोल फर्काउन सफल भए । त्यस्तै दोस्रो हाफको ७९औं मिनटमा ब्रुनो फर्नान्डेसले म्यानचेष्टरलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । तर रेड डेविल्सले त्यो अग्रता पनि जोगाउन सकेन ।

उता ८५औं मिनटमा जेमी भार्डीको गोल प्रयास म्यानचेष्टरका एक्सेल तान्जेबीलाई लाग्दै आत्मघाती गोलमा परिणत हुँदा खेल २–२ को बराबरीमा रोकिन पुगेको थियो ।

यो नतिजापछि १४ खेलबाट २७ अंक जोडेको म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको लेस्टर १५ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...