एटलेटिको स्टारलाई दश साताको प्रतिबन्ध

एजेन्सी । इङल्याण्ड र एटलेटिको मेड्रिडका चर्चित डिफेन्डर किरन ट्राइपरलाई फुटबल एशोसिएशन (एफए) ले आफू संलग्न लगायत फुटबल म्याचहरुमा बाजी थापेको आरोपमा दश साताका लागि प्रतिवन्ध लगाएको छ । साथै उनलाई ७० हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।

यो निर्णयसँगै ३० बर्षिय ट्राइपरले विश्वव्यापी रुपमै कुनै पनि किसिमको फुटबल गतिविधिमा सहभागि हुन पाउने छैनन् । स्मरण रहोस, ट्राइपरमाथि लागेको सात आरोपलाई उनले अस्वीकार गर्दै आएका थिए । यद्यपि त्यसमध्ये चार आरोपमा भने उनको संलग्ता पुष्टी भएको थियो ।

गत बर्षको जुलाईमा ट्राइपर टोटेनह्याम हटसपरबाट एटलेटिकोमा आवद्ध हुने क्रममा यो आरोपहरु उनीमाथि लागेको थियो । स्रोतका अनुसार ट्राइपरमाथि लागेको यो प्रतिवन्ध तत्काल लागु हुने बताइएको छ । साथै उनले ला लिगातर्फ १२ म्याचसहित च्याम्पियन्स लिगको खेलहरु पनि गुमाउने भएका छन् ।

यद्यपि उनी ७ मार्चका दिन हुने मेड्रिड डर्बीमा भने क्लबका लागि उपलब्ध हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...