एटलेटिकोलाई स्पष्ट अग्रता (भिडियोसहित)

एजेन्सी । लिगलिडर एटलेटिको मेड्रिडले स्पेनिस ला लिगामा मंगलबार जित निकाल्दै लिगतालिकामा दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी रियल मेड्रिडसँग तीन अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ ।

एटलेटिकोले मंगलबार राती तेस्रो स्थानको टोली रियल सोसिडाड विरुद्ध उसकै घरमा २–० को जित निकाल्दै शिर्ष स्थानमा रहेर स्पष्ट अग्रता बनाउन सफल भएको हो ।

एटलेटिकोले खेलमा दुवै गोल दोस्रो हाफमा गर्यो । पहिलो गोल भने दोस्रो हाफ शुरु भएको चार मिनट लगतै मारियो हर्मोसोले हेडद्वारा गर्न सफल भए । त्यस्तै दोस्रो गोल भने ७४औं मिनटमा मार्कस लोरेन्टेले गर्दै पाहुना टोलीको जित पक्का गरे ।

यो जितपछि १३ खेलबाट ३२ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ । यस सिजन केवल ५ गोल मात्र खाएको एटलेटिकोले शहरी प्रतिद्वन्द्वी रियल मेड्रिडसँगको दुरी ३ अंकमा पुराएको छ ।

यद्यपि २९ अंकका साथ दोस्रो स्थानमा रहेको रियलले बुधबार राती ग्रेनाडालाई हराउन सके जिदानेको टोलीले एटलेटिकोसँग अंक बराबरी गर्न सफल हुनेछ । तर रियलले त्यतिबेलासम्म एटलेटिकोले भन्दा दुई खेल बढी खेलेको हुनेछ ।

त्यस्तै मंगलबार एटलेटिकोसँग पराजित हुन पुगेको सोसिडाड भने १६ खेलबाट २६ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा छ । र रियल मेड्रिड भन्दा ३ अंकले पछाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...