लण्डन डर्बीमा चेल्सीको तीन गोल, तीन अंक (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सोमबार राती भएको लण्डन डर्बीै भिडन्तमा चेल्सीले शहरी प्रतिद्वन्द्वी वेस्ट ह्याम युनाइटेडलाई ३–० ले हराउँदै महत्वपुर्ण तीन अंक बटुलेको छ ।

सो खेलमा चेल्सीका लागि टेमी अब्राहम एक्लैले दुई गोल गरे । यद्यपि खेलमा गोलको खाता भने कप्तान थियागो सिल्वाले खोलेका थिए । सिल्वाले खेलको १०औं मिनटमा हेड गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म दुवै टोलीले १–० कै नतिजामा रहेर खेले । दोस्रो हाफतर्फ भने अन्तिम दुई मिनटको अन्तरालमा अब्राहमले दुई गोल गर्न सफल भए । उनले खेलको ७८ र ८०औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे ।

लिगमा पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोरेको चेल्सीले सोमबारको जितसँगै १४ खेलबाट २५ अंक जोड्दै लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र चौथो स्थानको टोली इभर्टन भन्दा एक अंकले पछाडी छ । उता पराजित वेस्ट ह्याम भने २१ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...