एजेन्सी । स्पेनिस महारथी रियल मेड्रिडका कप्तान तथा चर्चित स्पेनिस डिफेन्डर सर्जियो रेमोसले क्लबका लागि एक विशेष उपलब्धी हासिल गरेका छन् । स्पेनिस ला लिगातर्फ आइतबार राती रियलले आइबरलाई ३–१ ले हराउँदा रेमोसको नाममा एक विशेष उपलब्धी बन्यो ।
त्यो जितसँगै रियलका लागि सर्वाधिक म्याच जित्ने खेलाडीको सूचीमा रेमोस तेस्रो स्थानमा पुगेका छन् । रियलका लागि रेमोसको त्यो करियरको ३१३औं जित थियो । रेमोस भन्दा माथि रियलका क्लब लिजेण्डद्वय इकर कासिलास र राउल गोन्जालेज रहेका छन् ।
🥇 Iker Casillas (334)
🥈 Raul Gonzalez (327)
🥉 SERGIO RAMOS (313)💜©️ @SergioRamos joins the podium of @realmadriden players with most wins in #LaLigaHistory!#YouHaveToLiveIt pic.twitter.com/5eLLI3Ia6T
— LaLiga English (@LaLigaEN) December 21, 2020
यो सूचीको पहिलो स्थानमा कासिलास छन् । उनले रियलका लागि कुल ३३४ खेलमा जित हात पारेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेका राउलले ३२७ जित हात पारेका छन् भने रेमोस ३१३ जितका साथ तेस्रो स्थानमा छन् । यद्यपि रेमोसले कासिलास र राउललाई छिटै उछिन्ने अनुमान गरिएको छ ।