शिर्ष दश भित्र पुग्यो भिल्ला (भिडियोससहित)

एजेन्सी । प्रिमियर लिगमा गत सिजन रेलिगेशनबाट मुश्किलले जोगिएको एस्टन भिल्लाले आइतबार राती दश खेलाडीमा सिमित वेस्ट ब्रोम विरुद्ध ३–० को प्रभावशाली जित निकालेको छ ।

वेस्ट ब्रोमको घरेलु मैदानमा भएको खेलमा भिल्लाका लागि अनवर एल गाजीले दुई गोल गरे । खेल शुरु भएको पाँचौं मिनटमै गाजीले भिल्लालाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ कै ३६औं मिनटमा वेस्ट ब्रोमका कप्तान ज्याक लिभरमोरले सोझै रातो कार्ड खाँदा घरेलु टोली पहिलो हाफबाटै दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि भिल्लाले थप दुई गोल खेलको अन्तिम दश मिनट भित्र गर्यो ।

८४औं मिनटमा बेर्टन्ड ट्राओरेले भिल्लाका लागि दोस्रो गोल गरे भने त्यसको चार मिनट लगतै एल गाजीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

यो जितपछि १२ खेलबाट २२ अंक जोडेको भिल्ला लिगतालिकाको नवौं स्थानमा उक्लिएको छ । उता पराजित वेस्ट ब्रोम भने ७ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...