लिगलिडरसँग रोकियो पिएसजी (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानतर्फ आइतबार राती लिगलिडर लिलेसँग गोलरहित बराबरीमा रोकिएको छ । चोटका कारण आफ्नो स्टार फरवार्ड नेमार बिना उत्रिएको पिएसजीले लिलेको घरमा बिरलै गोलको अवसर पायो ।

पिएसजीले खेल अवधिभर केवल एकपटक मात्र पोष्ट चार्ज गर्यो तर सफल भने भएन । उता खेलमा पिएसजीका अर्का स्टा काइलन एम्बाप्पेले आफ्नो २२औं जन्मदिन मनाइरहेका उनी लिले विरुद्ध बेन्चमा थिए । यद्यपि ७७औं मिनटमा उनी मैदानमा उत्रिए तापनि टोलीका लागि खासै गतिलो प्रदर्शन भने गर्न सकेनन् ।

यस सिजन चार हार र दुई बराबरी खेलिसकेको पिएसजी लिगतालिकामा १६ खेलबाट ३२ अंकका साथ तेस्रो स्थानमा छ । र लिगलिडर लिले भन्दा एक अंकले पछाडी छ । दोस्रो स्थानमा रहेको लियोनको पनि समान ३२ अंक छ तर गोलभिन्नताका आधारमा लिले भन्दा पछि परेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...