किर्तिमानी जितका साथ दोस्रो स्थानमा उक्लियो रियल (भिडियोसहित)

एजेन्सी । उत्कृष्ट लयमा रहेका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले एक गोल गर्नुका साथ दुई गोलको अवसर पनि मिलाइदिएपछि स्पेनिस ला लिगामा आइतबार राती रियलले आइबरलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । ला लिगामा रियलको यो किर्तिमानी लगातार चौथो जित समेत थियो ।

खेलको छैटौं मिनटमै करिम बेन्जेमाले रियलका लागि गोलको खाता खोले । यस सिजन लिगमा बेन्जेमाको यो सातौं गोल समेत थियो । त्यस्तै १३औं लुका मोड्रिकले रियलको अग्रता दोब्बर पारे । त्यो गोलका लागि बेन्जेमाले पास मिलाइदिएका थिए ।

उता आइबरका लागि २८औं मिनटमा कप्तान किके गार्सियाले गोल गर्दै टोलीलाई फर्काउने प्रयास गरे । दोसे हाफमा दुवैतर्फबाट कडा प्रतिस्पर्धा पनि भयो । दुवै टोलीले केही अवसरलाई सदुपयोग गर्न सकेनन् । यद्यपि खेलको अन्तिमतिर इन्जुरी समयमा बेन्जेमा कै पासमा लुकास भाजकेजले तेस्रो गोल गर्दै रियलको प्रभावशाली जित पक्का गरे ।

यो जितसँगै १४ खेलबाट २९ अंक जोडेको रियल लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ र शिर्ष स्थानको शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडमाथि दबाब कायम राखेको छ । एटलेटिकोको पनि समान २९ अंक भए तापनि एटलेटिकोले रियलले भन्दा दुई खेल कम खेलेको छ ।

उता आइतबार राती रियलसँग पराजित भएको आइबर भने १५ अंकका साथ लिगतालिकाको १४औं स्थानमा झरेको छ । र, रेलिगेशन क्षेत्रको टोली रियल भालाडोलिडभन्दा एक अंकले मात्र अगाडी छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...