मिलानका राफेलले गरे सिरि ए इतिहास कै सबैभन्दा छिटो गोल

एजेन्सी । एसी मिलानका २१ बर्षिय पोर्चुगिज फरवार्ड राफेल लियाओले इटालियन सिरि ए को इतिहास मै सबैभन्दा छिटो गोल गर्ने किर्तिमान बनाएका छन् ।

सिरि ए तर्फ आइतबार लिगलिडर एसी मिलानले ससुओलोलाई उसकै घरमा २–१ ले हराएको खेलमा राफेलले खेल शुरु भएको ६ सेकेण्ड मै गोल गरेका थिए । यसअघि यो किर्तिमान पाओलो पोगीको नाममा थियो ।

पोगीले सन् २००१ को डिसेम्बर २ तारीखका दिन पियासेन्जाका लागि खेल्दै फियोरेन्टिना विरुद्ध ८.९ सेकेण्डमा गोल गरेका थिए । जुन गोलको किर्तिमान १९ बर्षपछि तोडिएको छ ।

आइतबार मिलानको जितमा दोस्रो गोल भने एलेक्सिस सेलमाइकर्सले २६औं मिनटमा गरेका थिए । उता पराजित ससुओलोका लागि ८९औं मिनटमा डोमिनिक बेरार्डीले एक मात्र सान्त्वना गोल फर्काए ।

यो जितसँगै मिलान १३ खेलबाट ३१ अंकका साथ शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी इन्टर मिलान भन्दा १ अंकले अगाडी छ । इन्टरले आइतबार नै स्पेजियाले समान २–१ ले हराएको थियो ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन युभेन्टस २७ अंकका साथ तेस्रो स्थानमा छ । उता मिलानसँग पराजित हुन पुगेको ससुओलो २३ अंकका साथ लिगतालिकाको छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...