लेस्टरसँग घरमै हार्यो टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा यसअघि शिर्षताको होडमा रहेको टोटेनह्याम हटसपरले आइतबार घरेलु मैदानमै लेस्टर सिटीसँग २–० ले पराजित हुन पुगेको छ ।

लेस्टरको जितमा पहिलो हाफ कै इन्जुरी समयमा इङलिस स्टार जेमी भार्डीले पेनाल्टीबाट पहिलो गोल गरे । पहिलो हाफसम्म पाहुना टोलीले सोही १–० को अग्रता बनायो ।

दोस्रो हाफमा भने टोटेनह्यामले आत्मघाती गोल खान पुग्यो । ५९औं मिनटमा टबी एल्डरविरेल्डले आत्मघाती गोल गर्दा टोटेनह्याम २–० ले खेलमा पछि पर्न पुगेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले खेलमा फर्किने प्रयास पनि गरेको थियो तर सफल भएन । यो जितसँगै लेस्टर १४ खेलबाट २७ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर लिभरपुलभन्दा ४ अंकले पछाडी छ ।

उता स्तब्धपुर्ण हार बेहोरेको टोटेनह्याम भने २५ अंकका साथ पाँचौं स्थानमा झरेको छ र लिडर लिभरपुलसँगको दुरी छोट्याउने अवसरबाट समेत चुकेको छ । साथै शिर्ष चारबाट पनि बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...