सिरि ए मा रोनाल्डोले हासिल गरे दुर्लभ उपलब्धी

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार मेसीले ऐतिहासिक उपलब्धी हासिल गरेको दिन इटालियन सिरि ए तर्फ क्रिष्टियानो रोनाल्डोले पनि एक ऐतिहासिक उपलब्धी हासिल गरे ।

शनिबार राती सिरि ए मा युभेन्टसले पार्मालाई ४–० ले हराउँदा रोनाल्डोको दुई सुन्दर गोल पनि त्यसमा सामेल थियो । त्यो दुई गोलसँगै ३५ बर्षिय रोनाल्डोले क्लब लिजेण्ड ओमर सिवोरीको किर्तिमान बराबरी गरे ।

त्यो दुई गोलसँगै युभेन्टसका लागि रोनाल्डोले सिरि ए तर्फ एकै क्यालेण्डर बर्षमा ३३ गोल गर्न सफल भए । यसअघि यो उपलब्धी क्लब लिजेण्ड सिवोरीले सन् १९६१ मा बनाएका थिए ।

स्मरण रहोस, दुई बर्ष अघि रियल मेड्रिडबाट युभेन्टसमा आवद्ध भए यता शानदार लयमा रहेका रोनाल्डोले क्लबसँग लगातार दुई सिजन सिरि ए को उपाधि जित्न सफल भएका छन् भने इटाली आएकै बर्ष इटालियन सुपर कपको उपाधि समेत जितेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...