रोनाल्डोको दुई गोलमा युभेन्टसको शानदार जित (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ शनिबार राती क्रिष्टियानो रोनाल्डो एक्लैले दुई गोल गरेको खेलमा युभेन्टसले पार्मालाई उसकै घरमा ४–० को फराकिलो अन्तरले हराएको छ ।

खेलमा युभेन्टसले शुरुवाती अग्रता भने २० बर्षिय स्वीडीस फरवार्ड डेजन कुलुसेवस्कीको गोलबाट लिएको थियो । त्यसको तीन मिनट लगतै रोनाल्डोले त्यो अग्रता दोब्बर पारे ।

त्यस्तै दोस्रो हाफको तेस्रो मिनटमै रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यो गोल रोनाल्डोको सिजनको १२औं गोल समेत थियो । त्यस्तै अन्तिमतिर ८५औं मिनटमा अल्वारो मोराटाले पाहुना टोलीका लागि चौथो गोल गर्दै युभेन्टसको शानदार जित पक्का गरे ।

यो जितसँगै १३ खेलबाट २७ अंक जोडेको डिफेन्डिङ च्याम्पियन युभेन्टस लिगतालिकाको तेस्रो स्थानमा छ र २८ अंकका साथ शिर्ष स्थानमा रहेको एसी मिलानमाथि दबाब कायम राखेको छ । यद्यपि मिलानले एक खेल कम खेलेको छ । उता पराजित पार्मा भने १२ अंकका साथ १५औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...