सिटीका लागि स्टर्लिङको निर्णायक गोल

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार म्यानचेष्टर सिटीले साउथाम्पटन विरुद्ध १–० को साँघुरो र महत्वपूर्ण जित हात पारेको छ । साउथाम्पटनको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि इङलिस विंगर रहिम स्टर्लिङ निर्णायक रहे ।

स्टर्लिङले पहिलो हाफको १६औं मिनटमा एक मात्र निर्णायक गोल गरे । केविन डि ब्रुईनले मिलाइदिएको सो पासलाई स्टर्लिङले सही रुपमा गोलपोष्टको जाली चुमाएका थिए ।

यो जितसँगै १३ खेलबाट २३ अंक जोडेको सिटी लिगतालिकाको छैटौं स्थानमा छ । र, चौथो स्थानको साउथाम्पटन भन्दा १ अंकले पछाडी छ भने लिगलिडर लिभरपुल भन्दा आठ अंकले पछाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...