सुआरेजको दुई गोलसँगै शिर्ष स्थानमा उक्लियो एटलेटिको (भिडियोसहित)

एजेन्सी । लुईस सुआरेजले दुई गोल गरेपछि शनिबार स्पेनिस ला लिगामा एटलेटिको मेड्रिडले प्रभावशाली जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिकोले इल्चीमाथि ३–१ को सहज जित निकाल्यो । खेलको ४१औं मिनटमा सुआरेजले घरेलु टोलीका लागि गोलको खाता खोलेका थिए ।

दोस्रो हाफको ५८औं मिनटमा सुआरेजले नै त्यो अग्रता दोब्बर पारे । उता लुकास बोयलले इल्चीका लागि ६४औं मिनटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर सफल भएनन् ।

त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका डिएगो कोस्टाले एटलेटिकोका लागि ८०औं मिनटमा तेस्रो गोल गर्दै घरेलु टोलीको सहज जित सुनिश्चित गरे ।

यो जितसँगै १२ खेलबाट २९ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ । साथै १४ खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा रहेको रियल सोसिडाडसँगको दुरी स्पष्ट तीन अंकमा पुर्याएको छ । तेस्रो स्थानमा रहेको रियल मेड्रिडको पनि २६ अंक छ । उता पराजित इल्ची भने १४ अंकका साथ १५औं स्थानमा छ र रेलिगेशन क्षेत्रको टोली लेभान्टे भन्दा ३ अंकले अगाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...