द बेस्ट अवार्डः महिलातर्फ लुसीले रचेकी इतिहास

एजेन्सी । बिहीबार राती स्वीजरल्याण्डको ज्युरिचमा प्रदान गरिएको द बेस्ट फिफा अवार्डको महिलातर्फ यो अवार्ड इङल्याण्ड तथा म्यानचेष्टर सिटीकी चर्चित डिफेन्डर लुसी ब्रोन्जले जितिन् । यो अवार्ड जितेसँगै फिफाकोे द बेस्ट अवार्ड जित्ने उनी पहिलो इङलिस फुटबल खेलाडी समेत बनेकी छिन् ।

लुसीले यो अवार्ड जित्ने क्रममा डेनमार्ककी पर्निल हार्डर र फ्रान्सकी विन्डी रिनार्डलाई पछि पारिन् । स्मरण रहोस, लुसी गत बर्ष पनि यो अवार्डको सूचीमा तेस्रो स्थानमा रहेकी थिईन् । त्यतिबेला उनले फ्रेन्च क्लब लियोनका लागि खेलिरहेकी थिईन् । साथै सो बेला यो अवार्ड अमेरिकाकी मेगन रेपिनोले जितेकी थिईन् ।

सरिनाले जितिनले बेस्ट महिला प्रशिक्षकको अवार्ड

त्यस्तै नेदरल्याण्डसकी सरिना विगम्यानले यस बर्षको द बेस्ट फिफा अवार्डतर्फ उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितेकी छिन् । स्मरण रहोस, सरिनाले आगामी बर्षदेखि नेदरल्याण्डको प्रशिक्षकीय जिम्मेवारी त्यागेर इङलिस महिला फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी सम्हाल्ने तय भइसकेको छ ।

सरिनाले नेदरल्याण्डसको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि सन् २०१७ मा नेदरल्याण्डसलाई युइएफए वुमन्स युरोको उपाधि जिताएकी थिईन् भने गत बर्ष सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा समेत पुराएकी थिईन् । यद्यपि विश्वकपको फाइनलमा भने नेदरल्याण्डस अमेरिकासँग पराजित हुन पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...