बायर्नका लेवान्डोस्की बने ‘द बेस्ट’

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वार्षिक रुपमा प्रदान गर्ने द बेस्ट फिफा फुटबल अवार्डतर्फ पुरुषतर्फ यो अवार्ड बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले जितेका छन् । ३२ बर्षिय लेवान्डोस्कीले यो अवार्डमाथि पहिलोपटक कब्जा जमाएका हुन् ।

यो अवार्ड जित्ने क्रममा लेवान्डोस्कीले गत बर्षको विजेता लियोनल मेसी र पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । लेवान्डोस्कीले कुल ५२ अंक हात पार्दै शिर्ष स्थानमा रहे । त्यस्तै युभेन्टसका रोनाल्डोले ३८ अंकका साथ दोस्रो स्थान हासिल गर्दा ३५ अंक सहित मेसी तेस्रो रहे ।

शानदार रह्यो लेवान्डोस्कीको गत सिजन

गत सिजन लेवान्डोस्कीले बायर्न म्युनिखका लागि ४७ खेलमा ५५ गोल गर्दै क्लबलाई बुण्डेसलिगा सहित तीन उपाधि जिताउन अहम भूमिका खेले । त्यसमा प्रतिष्ठित युइएफए च्याम्पियन्स लिग पनि सामेल थियो । त्यति मात्र नभएर उनी बुण्डेसलिगा र च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।

अवार्ड जितेपछि प्रतिक्रिया दिने क्रममा लेवान्डोस्कीले भने, यदि तपाईं यस्तो अवार्ड मेसी र रोनाल्डोको उपस्थितिमा जित्नुहुन्छ हुन्छ भने त्यो पक्कै पनि अविस्मरणीय भईदिन्छ । यो अवार्ड पनि मेरा लागि विशेष भईदिएको छ ।

क्लप बने उत्कृष्ट प्रशिक्षक

फिफाको द बेस्ट अवार्डतर्फ उत्कृष्ट प्रशिक्षकको उपाधि इङलिस च्याम्पियन लिभरपुलका म्यानेजर यगर्न क्लप घोषित भए । स्मरण रहोस, लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएपछि क्लोपले यो अवार्ड गत बर्ष पनि जितेका थिए ।

यस बर्ष क्लोपले यो अवार्ड जित्ने क्रममा बायर्न म्युनिख कै म्यानेजर हान्सी फ्लीक र लिड्स युनाइटेका मार्सेलो बिइल्सालाई पछि पार्न सफल भए ।

बायर्नका नियुर भने उत्कृष्ट गोलरक्षक

त्यस्तै फिफाकोे द बेस्ट गोलरक्षक अवार्डतर्फ बायर्न म्युनिख कै गोलरक्षक म्यानुल नियुर उत्कृष्ट चुनिए । उनले लिभरपुलका एलिसन बेकर र एटलेटिको मेड्रिडका जान ओब्लाकलाई पछि पारे ।

नियुरले गत सिजन ३३ खेलमा ३१ गोल मात्र खाए । त्यति मात्र नभएर उनले च्याम्पियन्स लिगको नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म पुराएर उपाधि समेत जिताउन महत्वपूर्ण भूमिका खेले ।


प्रतिक्रिया दिनुहोस

Loading...