दश खेलाडीमा सिमित भएर पनि जोगियो आर्सनल

एजेन्सी । इङलिस प्रिमियर लिगमा यस सिजन खराब लयमा देखिएको लण्डन क्लब आर्सनलले बुधबार राथी दश खेलाडीमा सिमित भएर पनि सम्भावित हारबाट जोगिएको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले साउथाम्पटनसँग शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै १–१ को बराबरी खेल्न सफल भयो । खेलको १८औं मिनटमा आर्सनल कै पूर्व विंगर थियो वालकटको गोलबाट साउथाम्पटनले खेलमा अग्रता लिएको थियो ।

गोल खाएर दबाबमा देखिएको आर्सनलले पहिलो हाफमा गोलको प्रयास गरे पनि सफल भएन । दोस्रो हाफमा भने आर्सनलका लागि ५२औं मिनटमा पिएरे एमिरक औबमेयङले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

उता चार मिनटको अन्तरलामा दोहोरो पहेंलो कार्ड खाँदै खेलको ६२औं मिनटमा ग्याब्रिलले मैदान छाडेपछि आर्सनल दोस्रो हाफतर्फ दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि गनर्सले आफ्नो सम्भावित हार टार्न भने सफल भयो ।

यो नतिजापछि १३ खेलबाट १४ अंकका साथ आर्सनल लिगतालिकाको १५औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली बर्नली भन्दा ५ अंकले मात्र अगाडी छ । उता साउथाम्पटन भने २४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको र लिगलिडर लिभरपुलभन्दा ४ अंकले पछाडी छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...