सोसिडाड विरुद्ध बार्साको पूनरागमन (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ जितको लयमा फर्किएको आभाष देखाएको बार्सिलोनाले बुधबार राती उत्कृष्ट पूनरागमन गर्दै रियल सोसिडाडलाई २–१ ले हराएर पाँचौं स्थानमा उक्लिएको छ ।

क्याम्प नोउमा भएको खेलको २७औं मिनटमा विलियन जोसेको गोलबाट सोसिडाडले खेलमा अग्रता लिएको थियो । तर त्यसको चार मिनट लगतै जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

निर्णायक गोल भने मध्यान्तर हुनु अघि फ्रेन्की डि जोंगले गरे । अल्बाको क्रस पास डिप्mलेक्ट भएपछि सोही बललाई ४३औं मिनटमा डि जोंगले गोलपोष्टको जाली चुमाएका थिए ।

शुरुवातमा त्यो गोललाई अफसाईड मान्यता समेत दिइएको थियो । तर भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा सो गोललाई पछि मान्यता दिईंदै बार्सिलोनाको महत्वपूर्ण जित सहज बनेको थियो ।

यो जितसँगै १२ खेलबाट २० अंक जोडेको बार्सिलोना लिगतालिकाको आठौं स्थानबाट पाँचौं स्थानमा उक्लिएको छ । पराजित सोसिडाड भने १४ खेलबाट २६ अंकका साथ शिर्ष स्थानबाट खस्किएर दोस्रो स्थानमा झरेको छ ।

उता सोसिडाड भन्दा तीन खेल कम खेलेको एटलेटिको मेड्रिड समान अंक भए तापनि शिर्ष स्थानमा पुगेको छ । सोसिडाडसँगै समान २६ अंक भएको डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड भने तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...