आत्मघाती गोलले रोकियो सिटी (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा मंगलबार राती भएको अर्को खेलमा म्यानचेष्टर सिटीले तुलनात्मक रुपमा कमजोर आँकिएको वेस्ट ब्रोम विरुद्ध दुर्भाग्यपुर्ण रुपमा बराबरी खेल्न बाध्य भएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियम मै भएको खेलमा सिटीले वेस्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिन पुग्यो । सिटीले खेलको ३०औं मिनटमै इल्काय गुन्डोगनको गोलबाट खेलमा अग्रता लिएको थियो ।

बिपक्षी विरुद्ध हावी देखिए तापनि सिटीले पहिलो हाफ सकिन दुई मिनट बाँकी छँदा आत्मघाती गोल खान पुगेको थियो । जुन गोल कै कारण पेप गार्डिओलाको टोलीले कमजोर टोलीसँग आँक बाँड्न पुग्यो ।

खेलको ४३औं मिनटमा वेस्ट ब्रोमका सेमी अजयीको गोल प्रयास रुबिन डियाससँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यो बराबरी नतिजाका बावजुद १२ खेलबाट २० अंक जोडेको सिटी छैटौं स्थानमा उक्लिएको छ । उता वेस्ट ब्रोम भने ७ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा संघर्षरत छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...