चेल्सीको लगातार दोस्रो हार (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा चेल्सीले साता दिन भित्रै लगातार दुई हारको सामना गर्नु परेको छ । शनिबार मात्र इभर्टनसँग पराजित हुन पुगेको ब्लुजले मंगलबार राती वुल्भरह्याम्पटनसँग २–१ ले स्तब्ध हुन पुगेको छ ।

वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीले शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाई राख्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिए तापनि दोस्रो हाफको चौथो मिनटमै चेल्सीका लागि ओलिभर जिरुडले गोलको खाता खेले । उनले बेन चिलवेलको पासमा गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलमा घरेलु टोली वुल्भ्सले उत्कृष्ट पूनरागमन गर्यो । डेनिल पोटेन्सले ६६औं मिनटमा वुल्भ्सका लागि बराबरी गोल फर्काए । त्यसपछिको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले बराबरी मै खेलिरहेका थिए र खेल बराबरतर्फ लम्किने तरखरमा थियो । सोही बेला अन्तिमतिर इन्जुरी समयमा पेड्रो नेटोले वुल्भ्सका लागि सनसनीपूर्ण गोल गर्दै घरेलु टोलीलाई अहम जित दिलाए ।

यो हारपछि १३ खेलबाट २२ अंक जोडेको चेल्सी लिगतालिकाको पाँचौं स्थानमा पुगेको छ । उता सनसनीपुर्ण जित निकालेको वुल्भ्स भने २० अंकका साथ लिगतालिकाको दशौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...