रोनाल्डोलाई टिभी हेर्दा फुटबलमा होइन अन्य खेलमा छ चासो

एजेन्सी । आधुनिक फुटबलमा पोर्चुगलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोको नाम फुटबलको प्रर्याय जस्तै बनिसकेको छ । फुटबलमा एक से एक उपाधि र किर्तिमान आफ्नो नाममा लेखाएका उनै रोनाल्डोको मनपर्ने खेलको सूचीमा फुटबल पर्दैन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

तर वास्तविकता यहि भइदिएको छ । आखिर रोनाल्डोलाई कुन खेल मन पर्छ त ? चर्चित साईट आउटलुक म्यागजिनका अनुसार ३५ बर्षिय रोनाल्डो आफूले खेल्ने फुटबल भन्दा फाईटिङ खेलहरु मनपराउँछन् । अर्थात् उनी फुटबल भन्दा बक्सिङ वा युएफसी (मिक्स मार्शल आर्टस) का खेलहरु हेर्न रुचाउँछन् ।

फुटबलमा व्यक्तिगत, क्लब र देशका लागि विभिन्न उपाधि जितेका रोनाल्डो टेलिभिजनमा भने फुटबल भन्दा अन्य खेलतर्फ आकर्षित छन् यी पोर्चुगिज स्टार ।

कुराकानीका क्रममा रोनाल्डो भन्छन्, “फुटबल मेरो प्यासन हो । तर टेलिभिजनमा अन्य खेलहरु हेर्न रुचाउँछु । मलाई टिभीमा फुटबल र बक्सिङ वा युएफसीम कुनै एक हेर्न परे म बक्सिङ वा युएफसीलाई रोज्ने गर्छु ।”

्कम्ब्याट खेल हेर्नुको रोनाल्डोको बुझाई भने केही फरक छ । उनका अनुसार बक्सिङ खेलहरु हेर्दा र अभ्यास गर्दा त्यसले फुटबलमा आफ्नो क्षमता र सिक्ने शैलीलाई थप तेजिलो बनाउने विश्वास रोनाल्डोको छ ।

हुन सक्छ, उनी त्यहि कारणले उमेरले ३५ भेट्नासम्म पनि फुटबल मैदानमा फाईटर जस्तै छरिता पनि छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...