एजेन्सी । फ्रेन्च लिग वानतर्फ डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आइतबार राती लियोनसँग महँगो हार बेहोरेको छ । आफ्नो ब्राजिलियन स्टार नेमार घाइते भएको खेलमा पिएसजीले लियोनलाई ०–१ ले नतिजा सुम्पियो ।
पिएसजीको घरेलु मैदानमा भएको खेलको ३५औं मिनटमा टिनो केडीवेरले लियोनका लागि एक मात्र निर्णायक गोल गरे । तर पिएसजीको त्यो हार नेमारको चोटसँगै महँगो साबित भइदियो ।
खेलको इन्जुरी समयमा लियोनका थियागो मेन्डेसले नेमारमाथि डरलाग्दो फल गरेपछि उनलाई रेफ्रीले सोझै रातो कार्ड समेत देखाएका थिए । त्यो फल नेमारका लागि गम्भिर देखियो ।
नेमारको एकंलमा चोट लागेको जस्तो देखिएको थियो भने उनी मैदानमा ढलेर चिच्याएका थिए । पछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । पिएसजीका म्यानेजर थोमस टुचेलले नेमारको चोटबारे आवश्यक परिक्षण गरेपछि मात्र बताउन सकिने बताए ।
यो हारसँगै पिएसजी १४ खेलबाट २८ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा झरेको छ । र लिगलिडर लिले भन्दा एक अंकले पछाडी छ । उता लियोनको पनि समान २९ अंक भए तापनि गोलभिन्नताका आधारमा पछि पर्दै दोस्रो स्थानमा छ ।