इटालियन लिजेण्ड रोसीको अन्तिम संस्कार कै बेला घरमा चोरी

एजेन्सी । इटालीलाई सन् १९८२ मा फिफा विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेको पाओलो रोसीको घरमा उनको अन्तिम संस्कार कै दिन चोरी भएको छ ।

६४ बर्षको उमेर बिहीबार निधन भएको रोसीको अन्तिम संस्कार इटालीको उत्तर–पूर्वी शहर भिसेन्जामा भएको थियो । यद्यपि उनको अन्तिम संस्कार कै बेला टुस्केनीमा रहेको उनको घरमा चोर पसेको खबर बाहिर आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रोसीकी श्रीमती फेडरिका श्रीमानको अन्तिम संस्कारपछि घर फर्किदा उनले घरमा चोर पसेर चोरी भएको कुरा थाहा पाएकी थिईन् । रिपोर्टअनुसार रोसीको घरबाट उनको घडी र अन्य नगद चोरी भएको छ ।

यो घट्नाबारे प्रहरीलाई पनि जानकारी गराइसकिएको छ । साथै प्रहरीले चोरहरुको खोजी पनि शुरु गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो परिस्थतिमा पनि उनको घरमा चोर पस्नुलाई निन्दनीय कार्य मानिएको छ । र विश्व फुटबल समुदायले अपराधधीलाई छिटो भन्दा छिटो पक्राउ गरि कारवाही गर्न माग समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...