हारबाट जोगियो बायर्न (भिडियोसहित)

एजेन्सी । बुण्डेसलिगातर्फ डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख शनिबार सम्भावित हारबाट जोगिएको छ । युनियन बर्लिनसँग १–१ को बराबरी खेलेको बायर्नले शुरुवाती मिनट मै गोल खान पुग्दा दबाबमा परेको थियो ।

बर्लिनको घरेलु मैदानमा भएको खेलमा चौथो मिनटमै घरेलु टोलीले ग्रिस्चा प्रोमेलको गोलबाट खेलमा सनसनीपुर्ण अग्रता बनाएको थियो । बर्लिनले त्यो अग्रता पहिलो हाफसम्म कायम पनि राख्यो ।

शुरुवाती मिनटमै गोल खान पुगेपछि दबाबमा देखिएको बायर्नले खेलमा फर्किन संघर्ष र प्रयास जारी राख्यो । फलस्वरुप दोस्रो हाफको ६७औं मिनटमा पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काउँदै बायर्नको सम्भावित हार टारेका थिए । किंग्सले कोमनको पासमा गोल गर्न सफल भएका लेवान्डोस्कीको यो लिगको १३औं गोल समेत थियो ।

शुरुवाती गोल गरेपछि बर्लिनका खेलाडी ।

बायर्नको शिर्षता कायमै

शनिबारको त्यो नतिजाका बावजुद ११ खेलबाट २४ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । आरबी लिपजिगकको पनि समान २४ अंक भए तापनि गोल भिन्नताका आधारमा पछि पर्दै दोस्रो स्थानमा छ । लिपजिगले शनिबार नै वेर्डर ब्रिमेनलाई २–० ले हराएको थियो ।

त्यस्तै जित नजिक पुगेर पनि बायर्नसँग बराबरी खेल्न पुगेको बर्लिनको १७ अंक छ । र, लिगतालिकाको छैटौं स्थानमा रहन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...