मेड्रिड डर्बीमा रियलको जित (भिडियोसहित)

गोल गरेपछि रियलका केसेमिरो ।

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती भएको मेड्रिड डर्बीमा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले शहरी प्रतिद्वन्द्वी तथा लिगलिडर एटलेटिको मेड्रिडलाई २–० ले हरायो । एटलेटिकोको यो सिजनको पहिलो हार समेत थियो ।

खेलमा रियलले ब्राजिलियन मिडफिल्डर केसेमिरोको गोलबाट खेलमा शुरुवाती अग्रता लिएका थिए । १५औं मिनटमा टोनी क्रुसको कर्नरमा केसेमिरोले हेडद्वारा बललाई गोलपोष्टको जाली चुमाएका थिए ।

खेलमा दोस्रो गोल भने दोस्रो हाफ मै सम्पन्न भयो र त्यो आत्मघाती रह्यो । ६३औं मिनटमा डानी कार्वाजलको सशक्त प्रहार रिबाउण्ड हुँदा सोही बल एटलेटिकोका गोलरक्षक जान ओब्लाकसँग ठोक्किदै आत्मघाती गोलका रुपमा पोष्टमा छिर्न पुगेको थियो ।

यो जितसँगै १२ खेलबाट २३ अंक जोडेको रियल लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उता पराजित एटलेटिको भने ११ खेलबाट २६ अंकका साथ शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको भने २५ अंक छ ।


प्रतिक्रिया दिनुहोस

Loading...