‘मिडल्याण्डस डर्बी’मा भिल्लाको सनसनी

एजेन्सी । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अनवर एल गाजीले खेलको अन्तिमतिर इन्जुरी समयमा पेनाल्टीबाट निर्णायक गोल गर्दा प्रिमियर लिगमा शनिबार एस्टन भिल्लाले शहरी प्रतिद्वन्द्वी वुल्भरह्याम्पटनलाई १–० ले हरायो ।

वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा अन्तिमतिर नेल्सन सिमिडोले जोन म्याकगीनलाई बक्स भित्र लडाएपछि भिल्लाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई एल गाजीले ९०+४औं मिनटमा बिना कुनै गल्ती गोलमा परिणत गरेका थिए ।

त्यसअघि खेलको शुरुवाती हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको अन्तिमतिर भने दुवै टोली दश खेलाडीमा समेत सिमित हुन पुगेका थिए ।

भिल्लाका डगलस लुईजले ८५औं मिनटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए भने उता वुल्भ्सका लागि ९०+५औं मिनटमा जोआओ मुटिन्होले रातो कार्ड खान पुगेका थिए ।

यो जितपछि भिल्ला १० खेलबाट १८ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ । उता पराजित वुल्भ्स भने १२ खेलबाट १७ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...