प्रागमा मिलानको झिनो अन्तरको जित (भिडियोसहित)

एजेन्सी । इटालियन महारथी एसी मिलानले पनि युरोपा लिगमा बिहीबार राती जित निकाल्दै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

प्रागमा भएको समूह एचतर्फको आफ्नो अन्तिम खेलमा मिलानले घरेलु टोली स्पार्टा प्रागलाई १–० को झिनो अन्तरले हरायो । मिलानका लागि २३औं मिनटमा जेन्स हाउजले गरेको एक गोल निर्णायक बन्यो ।

यो जितपछि ६ खेलबाट १३ अंक जोडेको मिलान शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो । त्यस्तै बिहीबार राती नै सेल्टिकसँग २–३ ले हार्न पुगेको लिले ११ अंकका साथ दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो ।

त्यस्तै उता ६ अंक जोडेको स्पार्टा प्राग र ४ अंक जोडेको सेल्टिक क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै समूह चरणबाटै बाहिरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...